कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
पाँचथर – झापा–११ पाँचथरको फिदिममा जारी १० फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ ।
स्थानीय फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले सरस्वती क्लब काठमाण्डौविरुद्ध १–० को कठिन जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको ५३ औं मिनेटमा डिफेन्डर देवेन्द्र तामाङको लामो फ्रिकिकिलाई क्याप्टेन कर्ण लिम्बूले हेडमार्फत गोल गरेका हुन् ।
पहिलो हाफमा स्वरस्वतीको दबाब सामना गर्नुपरेको झापाले दोस्रो हाफमा खेलमा सुधार गर्दै गोल गरेको हो । खेलको म्यान अफ द म्याच झापाका दिलन लोक्तान घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा शनिबार त्रिभुवन आर्मी क्लब र रोयल एफ्सी दार्जिलिङ प्रतिस्पर्धा हुनेछ ।
पुष ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।