इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको ज्यान गयो
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - नेपालकी विनिता राईले आईएफबीबी प्रो कार्ड जित्दै बडी बिल्डिङको ओलम्पियाका लागि छनाेट भएकी छिन् ।
उनले महिला फिजिक्स विधामा प्रो कार्ड जितेसँगै विनिता सेप्टेम्बरमा अमेरिकाको लसभेगासमा आयोजना हुने बडी बिल्डिङको ओलम्पिया खेल्नका लागि छनोट भएकी हुन् ।
एक पटक प्रो कार्ड जितेपछि ओलम्पियाको एमेच्योर र आनोल्ड क्लासिक खेलेपछि मिस्टर ओलम्पिया खेल्न पाइने आईएफबीबीको नियम छ ।
झापामा जन्मिएर अहिले ललितपुरको भैँसेपाटीमा बस्दै आएकी ३६ वर्षीया विनिताले ४ वर्षदेखि जिममा लागेको बताइन् । शुरुमा शरीर फिट राख्नका लागि जिम गएकी विनिताले प्रो कार्ड जितेपछि आफूलाई खुशी लागेको बताइन ।
उनले तेस्रो प्रतियोगितामा अन्य प्रतिस्पर्धी नभएपछि स्वतः प्रो कार्ड पाएकी हुन् । ओलम्पियाका लागि अझै धेरै तयारी गर्नुपर्ने भएकाले त्यसका लागि आफूले गुरुहरुसँग सल्लाह गरे अघि बढ्ने पनि जानकारी दिइन् ।
आईएफबी प्रो लिग अन्तर्गत काठमाण्डौमा ४ वटा प्रो कार्डका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विभिन्न तौल समूहमा भएको प्रतस्पिर्धाका स्वर्ण पदक जितेकाहरुका बीचमा प्रो कार्ड भिडन्त भएको थियो ।
जसमा ओभरअलमा इंग्ल्याण्डका जोनी डो रिगो ९९०–१०२० केजी तौलमा प्रो कार्ड जित्न सफल भए । यसैगरी मेन्स फिजिक्समा भारतका सुब्रत सिंहले प्रो कार्ड जित्दा क्लासिक फिजिक्समा सिरियाका अद्रि हुसेनले जिते ।
कार्यक्रममा हटकेकका रुपमा रहेका रोली विंक्लारले गेस्ट पोज दिएका थिए । नेदरल्याण्डका विंक्लार आर्नोल्ड क्लासिकका विजेता हुन् । उनले स्टेजमा पोज दिनुका साथै दर्शकहरुसँग सेल्फी खिचाएर कार्यक्रमको हौसला बढाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।