तिलोत्तमा गोल्डकपको उपाधि क्यामरुनकाे दाउफिन्स क्लबलाई

 फागुन १३, २०७५ सोमबार १९:३१:३० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकप फुटवलको उपाधि पाहुना टोली दाउफिन्स क्यामरुनले जितेको छ ।

चार पटकको विजेता नेपाल पुलिस क्लबलाई सडेन डेथमा १-० ले स्तव्ध बनाउँदै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि पहिलो पटक उचाल्न सफल भएको हो ।

उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएकाे छ ।

निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा दाउफिन्सलाई पुलिसले दबाबमा राखेकाे थियाे । खेल अवधिभर बल आफ्नो कब्जामा राखे पनि पुलिसले गाेल भने प्रहार गर्न  नसकेपछि खेल सडेन डेथसम्म पुगेकाे थियाे ।  

निर्धारित समयमा दुपै टाेलीले गाेल गर्न नसकेपछि टाइबेकरमा धकेलिएको खेलमा दुवैले समान पाँच-पाँच गोल गरे ।

टाइबेकरमा पनि नतिजा ननिस्केपछि खेल सडेन डेथमा पुगेको हो । सडेन डेथको पहिलो प्रहार पुलिसका तेज तामाङ्गले गोलमा परिणत गर्न नसक्दा पुलिस पराजित हुन पुग्याे ।

दाउफिन्सका नियाले वलले बलले जाली चुमाएसँगै टिमलाई जित दिलाउन सफल भए । दाउफिन्सले यसअघि मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्वा गोल्डकपको उपाधि जितिसकेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपन्देही ११ का आशिस गुरुङ्ग घोषित हुँदै स्कुटर पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट र रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसी कुमारले पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो । 

यसै वर्षदेखि नेपालमा आयाेजना हुने फुटबल प्रतियाेगितामा सहभागी हुँदै आएकाे दाउफिन्सले याे सँगै तीन वटा प्रतियाेगितामा जित हात पारेकाे छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया