पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो
बैशाख ८, २०८१ शनिबार
कपिलवस्तु – मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेता कार्यकर्ताहरुले नेपाल–भारत सीमा क्षेत्र अन्र्तगत कपिलवस्तुको महलीसागर बाँध क्षेत्रमा प्रदर्शन गरेका छन् ।
नेकपा क्रान्तिकारीको नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले थालेको नेपाल मेची–महाकाली अभियानका क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा पुगेका नेकपा क्रान्तिकारीका नेताहरुले भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण, सीमा क्षेत्रमा निर्माण गरिएको बाँधबाट सिर्जित डुबान समस्यालगायतका भारतीय पक्षको कार्यहरुको चर्को विरोध गरेका छन् ।
अभियानलाई मोर्चाका महासचिव परी थापाले नेतृत्व गरेका छन् । सीमाको महलीसागर बाँध नजिक आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता परी थापाले अहिलेसम्म सत्तामा पुगेका कुनै पनि राजनैतिक दलका नेताहरुले देशको सीमानाको रक्षा गर्न नसकेको आरोप लगाएका छन् ।
महाकालीबाट सुरु भएको मेची–महाकाली अभियानलाई आगामी २१ गते चितवन पुगेर समापन गरिने मोर्चाले जनाएको छ । मोर्चाका नेता कार्यकर्ताहरुले सदरमुकाम तौलिहवा, जितपुरलगायतका स्थानहरुमा कोण सभा सम्पन्न गरेको पार्टीका जिल्ला इञ्चार्ज समीरले बताउनु भयो ।