भारतीय आलु भित्रँदा सर्लाहीका आलु किसान मर्कामा

 फागुन २६, २०७५ आइतबार १५:५:३४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका किसानहरुले आलुको उचित मूल्य नपाएको भन्दै गुनासो गरेका छन् ।

खुल्ला सिमाना हुँदै भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित  मूल्य नपाएको हजरियाका किसान माधव दाहालले गुनासो गर्नुभयो ।

'भारतीय आलुका कारण याे वर्ष पनि लागत मूल्य  उठाउन मुस्किल परेकाे छ,' उहाँले भन्नुभयेा । 

अहिले रातो आलु प्रति केजी १० रुपैयाँ र सेतो आलु प्रति केजी ९ रुपैयाँका दरले बिक्री भइरहेको छ। तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य याे वर्ष पनि बढ्न नसकेपछि किसानले आलु खेतीको विकल्प खोज्न थालेका छन् ।

बरहथवा नगरपालिका-२ हजरियाका सुकन महतो भन्नुहुन्छ, 'पहिले आलु खेतीबाट राम्रै  फाइदा हुन्थ्यो,अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ , गएकाे वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयाे ।' 

पाँच वर्ष पहिले  प्रति केजी १७ रुपैयाँमा बिक्री भएको आलु अहिले ११ रुपैयाँमा बेच्नु परेकाे अर्की किसान सारदा कार्कीले गुनासो गर्नुभयो ।

सबैभन्दा बढी आलु उत्पादन हजरिया, राजघाट,शंकरपुर, सुन्दरपुर  र बरहथवा  हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि किसानले खेतमा आलु थुप्रो लगाएर राखेका छ्न् ।

लामो समयसम्म आलु जमिनमा राख्न नमिल्ने भएपछि केहीले शीतभण्डारणको लागि बिरगञ्ज पठाएका छन् । हजरियामा शीतभण्डारको लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयले बताएका छन् ।

राम्रो माटो भएको जग्गामा प्रति  कठ्ठा  १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया