साप्ताहिक शेयर समीक्षा: बैंक तथा वित्तीय संस्था गाभिने क्रम जारी

 चैत १, २०७५ शुक्रबार १८:३९:४० | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - धितोपत्र बोर्डको एकल हठले गर्दा आउँदे २०७६ वैशाख १ गतेदेखि शेयर कारोबारमा पर्मानेन्ट एकाउन्ट नम्बर ९प्यान० नेपालीमा स्थायी लेखा नम्बर लाग्ने भएको छ ।

प्यानबारे आफैले पनि नबुझेको अभिव्यक्ति दिएको बोर्डले प्यान लगाएरै छाड्ने भएको छ । सुरुमा क्रेतालाई मात्र लगाउने भनिएकोमा अहिले भने ५ लाखसम्मको कारोबारमा प्यान लगाउने भएको छ । यसले झन दुबिधा सिर्जना समेत गरेको छ ।

प्रतिकारोबार भनिएको हो वा एकदिनभरको कारोबारमा भनिएको हो, त्यो प्रष्ट छैन । प्यान सम्बन्धमा अर्थमन्त्रालय पुगेका शेयर कारोबारीको समूहले यस सम्बन्धमा प्रष्ट हुन सकेका छैनन् ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनीले शेयर जारी गर्न लागेको छ । हाल प्रतिकित्ता रु १० मात्र बुझाउनुपर्ने गरी शेयर आह्वान गरिएको छ । यस्ता अरु १८ आयोजना यसैगरी शेयर जारी गर्ने क्रममा रहेका छन् । 

एकपटक फेरि बैंक गाभिने लहर चल्ने सम्भावना देखिन थालेको छ । यसै हप्ता दुइ वटा बैंकरवित्तले विलय हुन सम्झौता गरेका छन् । गएको आषाढमा ज्योति विकास बैंकमा विलय हुन सम्झौता गरेको नुवाकोट जिल्ला कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकले एकीकृत कारोबार गर्ने मिति तय गरेको छ । 

देव विकास बैंकमा विलय हुन सम्झौता गरेका सर्लाहीको एक जिल्ले बैंक सहारा र दाङमा रहेको ३ जिल्ले विकास बैंक वेस्टर्नको भने अहिलेसम्म के भइरहेको छ भन्ने अत्तोपत्तो छैन । 

त्यस्तै प्राइम बैंकमा विलय हुन लागेको ओम डेभलपमेन्ट बैंकको पनि स्थिति अज्ञात रहेको छ । केही समयअघि सप्तकोशी डेभलपमेन्ट बैंक र विकास बैंक गाभिन सम्झौता गरेका छन् । गाभ्ने विलय हुने क्रम लघुवित्तमा पनि सरेको छ । 

गोरखामा रहेको साधना लघुवित्तले तनहुँमा रहेको आर्थिक समृद्धि लघुवित्तलाइ गाभ्ने सम्झौता गरेको छ । त्यस्तै वोमी लघुवित्तले नागरिक लघुवित्तलाई गाभ्ने सम्झौता गरिसकेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक २० वटामा झार्नुपर्ने बताएका बेला लघुवित्त र अन्य स(साना वित्तीय संस्था गाभिन सुरु गरेका छन् । खतिवडाले सरकारी स्वामित्वका वाणिज्य बैंकलाइ समेत गाभ्ने संकेत गरेका छन् । 

गरिबी समाप्त हुँदै जाँदा लघुवित्तको आवश्यकता नहुने हुँदा यस्ता लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्नुपर्ने धारणा पनि राखेका छन् । 

सूचीकृत कम्पनीले साधारणसभा गर्ने क्रम अझ चल्दैछ  । तर बीमा कम्पनीले भने अहिलेसम्म पनि आर्थिक वर्ष २०७४र७५ को सभा आह्वान गरेका छैनन्   वाणिज्य बैंकलेसमेत सभा सकेका छैनन् ।

बजार सूचक र पूँजीकरण बढेसँगै नेपाल टेलिकमको मूल्यमा गिरावट आउने क्रम रोकिएको छ । साताको अन्तिम दिन ६ सय ८५ मा कारोबार बन्द भएको छ । अगिल्लो हप्ताको अन्तिम दिन ६ सय ८४ मा बन्द भएको थियो । 


सूचक र बजार पूँजीकरण

यस हप्ता बजार ५ दिन पुरै खुलेको थियो । 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 
यस हप्ता सूचीकरण भएका कम्पनी निम्न रहेका छन् ्र आशा लघुवित्त, लघुवित्त समूहको ४१औं कम्पनी हो । ऋणपत्र पनि शेयरसरह किनबेच गर्न सकिन्छ । 

नयाँ शेयररहकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । 

त्रिशुली जलविद्युत लिमिटेडको शेयरमा अहिले १० प्रतिशत रकम मात्र बुझाउन सकिनेछ । बाँकी रकम कम्पनीले पछि माग गरेको बेला बुझाउनुपर्नेछ । अहिले न्यूनतम १०० कित्ता लिनुपर्नेछ । पछि माग भएपछि बाँकी रकम बुझाउन नसकेमा अहिले बुझाएको सय कित्ता १० कित्तामा कायम हुनेछ । 

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन । लिलामीसम्बन्धी सुचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ । लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ । 

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

 

विकास बैंक समूह

लघुवित्त समूह

जलविद्युत, होटेल र बीमा अन्य 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

नियुक्ति, मनोनयन, राजीनामा

सहयोगी विकास बैंकले रमेशराज जोशीलाई बाँकी अवधिको लागि र अरविन्द श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । ग्रामीण विकास लघुवित्तमा नेपाल सरकारले सुबप्रसाद रिजाललाई परिवर्तन गरी चण्डीप्रसाद घिमिरेलाइ सञ्चालक मनोनयन गरेको छ ।

नेको इन्सुरेन्समा कृषि बैंकको तर्फबाट प्रताप सुबेदीलाई बाँकी कार्यकालको लागि मनोनयन गरेको छ । लक्ष्मी बैंकमा नागरिक लगानी कोषको तर्फबाट रमण नेपाल सञ्चालकमा मनोनित भएका छन् ।

सिन्धु विकास बैंकले रबिन कुँवरलाइ कम्पनी सचिवमा नियुक्त गरेको छ । आरम्भ लघुवित्तले अर्को व्यवस्था नभएसम्मको लागि प्रमुख कार्यकारी अधिकृत पवनकुमार श्रेष्ठलाई तोकेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले सुजनबाबु अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । 

एनएनएमबी बैंकका सञ्चालक हरिबाबु काफ्लेले राजीनामा गरेका छन् । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले राजीनामा गरेका छन् ।

अन्य गतिविधि

भैरहवामा रहेको पूर्णिमा विकास बैंकलाई बुटवलमा रहेको शाइन डेभलपमेन्ट बैंकले, जेविल्स फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले र हाथवे फाइनान्सलाइ ग्लोबल बैंकले प्राप्ति गर्ने भएको छ ।

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले आगामी १५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । 

धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनीलाइ चुक्ता मूल्यको १० प्रतिशत माग गर्ने गरी स्वीकृति दिएको छ । 

माउन्टेन इनर्जी लिमिटेडले प्राथमिक शेयर जारी गर्न अनुमति मागेको छ । 

ग्रामीण विकास लघुवित्तलाइ हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । एभरेष्ट इन्सुरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ ।  

नेशनल माइक्रो फाइनान्स, बुटवल पावर कम्पनी, सिन्धु विकास बैंक, डिप्रोक्स लघुवित्त, कावेली विकास बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले बोनस शेयर दर्ता गराएका छन् । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया