पूर्व राजा ज्ञानेन्द्र शाहले गरे सप्तरीका शक्तिपीठकाे दर्शन

 चैत ३, २०७५ आइतबार १९:४६:३४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – तराइ भम्रणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार सप्तरीको सदरमुकाम राजविराजमा छिन्नमस्ता भगवतीकाे दर्शन गर्नुभएकाे छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता भगवती शक्तिपीठ दर्शनका लागि पुगेका शाहलाई जिल्लाभरबाट राजविराजको शिव मन्दिर प्राङ्गणमा समर्थक तथा सर्वसाधारणले स्वागत गरेका थिए ।

‘राजा आउ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भन्दै समर्थकले नाराबाजी समेत गरेका थिए । 

उहाँलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा), राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित समर्थकको समूह राजविराज पुगेको थियो ।

पूर्वराजा शाहलाई हेर्न कर्मचारीदेखि केही जनप्रतिनिधि तथा बुढापाकाहरुको भिड लागेको थियो । शक्तिपीठमा दर्शन गरी पूर्व राजा शाह  आइतबारै झापा फर्किएको बताइएको छ ।


 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया