साप्ताहिक शेयर समीक्षा: काराेबारी र बाेर्ड पदाधिकारीबीच प्यानकाे झमेला कायमै

 चैत ८, २०७५ शुक्रबार १९:९:२ | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - आफैले प्यान नबुझेको अभिव्यक्ति दिएको धितोपत्र बोर्डका अधिकारी/पदाधिकारीले आउँदो वैशाख १ गतेदेखि शेयर कारोबारमा पर्मानेन्ट एकाउन्ट नम्बर (प्यान) नेपालीमा स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएका छन् ।

बोर्डले प्यान बुझेकै रहेनछ भन्ने प्रमाणको लागि शुरुमा ५ लाखभन्दा बढीको कारोबारमा प्यान लाग्ने विज्ञप्ति निकालेको थियो | यसमा प्रतिकारोबार कि दिनभर भन्ने प्रश्न उठेपछि पुनः अर्को विज्ञप्ति निकाल्दै ‘प्रतिकारोबार’ भनेर सच्च्याएको छ ।

साविकमा प्रतिकारोबार १० लाखभन्दा माथि भएमा प्यान अनिवार्य छ भन्ने भुसुक्कै बिर्सेको रहेछ वा थाहै रहेनछ भन्ने तथ्य हेर्दा बोर्डको बचपना प्रष्ट झल्किएको छ | बजारमा बोर्डका अधिकारी/पदाधिकारीको शैक्षिक प्रमाणपत्र छानबिन हुनुपर्ने भन्नेसम्मको अभिव्यक्ति देखिन थालेको छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनीको शेयर बिक्री शुरु भएको छ | प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले समेत आवेदन गरेका छन् | हाल प्रतिकित्ता रु. १० मात्र बुझाउनुपर्ने गरी शेयर आह्वान गरिएको छ । यस्ता अरु १८ आयोजना यसैगरी शेयर जारी गर्ने क्रममा रहेका छन् ।

बैंक गाभिने लहर फेरि देखापरेको छ । यसै हप्ता बुटवलमा रहेका दुई बैंकले गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बैंक गाभिन थालेसँगै लघुवित्त पनि गाभिन थालेका छन् । ‘क’ देखि ‘ग’ सम्मका बैंक तथा वित्तीय संस्था जुनसुकैसँग गाभिन सक्नेछन् । तर लघुवित्त भने उही समूहसँग मात्र गाभिन सक्नेछन् ।

सूचीकृत कम्पनीले साधारणसभा गर्ने क्रम अझ चल्दैछ । तर बीमा कम्पनीले भने अहिलेसम्म पनि आर्थिक वर्ष २०७४/७५ को सभा आह्वान गरेका छैनन् । वाणिज्य बैंकले समेत सभा सकेका छैनन् । यसै हप्ता एउटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ ।

बजार पूँजीकरणमा उपल्लो स्थानमा रहेको नेपाल टेलिकमको मूल्यमा फेरि गिरावट आउन थालेको छ । केहि दिनअघि सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा लगानी सम्मेलनकै आसपास रणनीतिक साझेदारसँग सम्झौता हुने बताएका थिए ।

मन्त्री बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको २१औं वार्षिक उत्सवमा यस्तो बताएका हुन् । साताको अन्तिम दिन नेपाल टेलिकमको शेयर मूल्य ६ सय ७७ मा बन्द भएको छ । अघिल्लो हप्ताको अन्तिम दिन ६ सय ८४ मा बन्द भएको थियो ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार ४ दिन मात्र खुलेको थियो । 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ता निम्न कम्पनीको शेयर सूचीकरण भएको छ ।

नयाँ शेयर/हकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ ।

त्रिशुली जलविद्युत लिमिटेडको शेयरमा अहिले १० प्रतिशत रकम मात्र बुझाउन सकिनेछ । बाँकी रकम कम्पनीले पछि माग गरेको बखत बुझाउनुपर्नेछ । अहिले न्यूनतम १०० कित्ता लिनुपर्नेछ । पछि माग भएको बखत बाँकी रकम बुझाउन नसकेमा अहिले बुझाएको सय कित्तालाई १० कित्ता कायम हुनेछ । 

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन । लिलामी सम्बन्धि सुचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ  ।लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ ।

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलीरहेको छ । तर विमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह

लघुवित्त समूह

जलविद्युत, होटेल, बीमा र अन्य 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

मनोनयन

नेपाल बैंकमा सरकारले गङ्गाप्रसाद ज्ञवालीलाई संचालक मनोनयन गरेको छ  । 

अन्य गतिविधि

वुटवलमा रहेका तिनाउ र मिसन बैंक गाभिन सहमत भएका छन् । ज्योति विकास बैंक र हाम्रो विकास बैंकले आगामी १५ गतेबाट एकीकृत कारोबार गर्ने भएकाछन् । 

धितोपत्र बोर्डले गणपति माइक्रोफाइनान्सलाई साधारण शेयर जारी गर्न स्वीकृति दिएको छ ।

नेशनल माइक्रो फाइनान्स, सिन्धु विकास बैंक, कावेली विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले बोनस शेयर दर्ता गराएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया