देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हिंसा मच्चाई रहेको छ: मुख्यमन्त्री राई

 चैत ९, २०७५ शनिबार २०:५९:० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हत्या हिंसा मच्चाई रहेको आरोप लगाउनुभएकाे छ । 

धनकुटाको हिलेमा शनिबारबाट सुरु भएको नेपाल अलैँची व्यवसायी महासंघको छैटौ साधारण सभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्दै सरकारले वार्ताको आह्वान गरी सकेकाले त्यो शक्ति वार्तामा आउने विश्वास गर्नुभयाे ।

उहाँले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अगाडि नै बनाउनु पर्ने कानुनी आधारहरु अहिले बनाउनु परेकाले प्रदेश सरकारलाई गति लिन समय लागिरहेको स्पष्ट पार्नुभयाे । स्थानीय तह केन्द्रीय संरचनाको स्वरुपमा भएकाले उनीहरुको गति बढेको र प्रदेश सरकार सबै तवरले नयाँ भएकाले गति लिन समय लागेको मुख्यमन्त्री राईको भनाइ थियो । 

 

अन्तिम अपडेट: चैत १, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया