जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
गोरखा - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको युवा संगठन संयोजकसहित ३ जना शनिवार नेकपामा प्रवेश गरेका छन् ।
युवा संगठन संयोजक भोला भुजेलसहित जिल्ला सदस्यहरु विशाल गजुरेल र भरत कोइराला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खादा र टीका लगाएर पार्टीको सदस्यता प्रदान गर्नुभयो ।
गएको फागुन ५ गते नै विप्लव नेतृत्वको पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।