साप्ताहिक शेयर समीक्षा: गाभिएका बैंक तथा वित्तकाे एकीकृत काराेबार सुरु

 चैत १५, २०७५ शुक्रबार २०:२४:० | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - शुक्रबारदेखि काठमाण्डाैमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनमा ४० देशका प्रतिनिधिले भाग लिएका छन् । नेपाल संघीय प्रणालीमा गएपछि देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा सम्मलेनमा छलफल हुनेछ । 

सम्मेलनमा नेपालमा सम्भावित लगानीको क्षेत्र पहिचान गरी विदेशी लगानी बढाउने विषयमा छलफल हुनेछ । यो सम्मेलन शुक्रबारदेखि भोलि शनिबारसम्म चल्नेछ । 

नेपाल टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणलाई बेच्ने कुरा बताएका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको २१औँ वार्षिकोत्सवमा लगानी सम्मेलन आसपास रणनैतिक साझेदारसँग सम्झौता हुने बताएका थिए । उनले भने झैँ कहिले यस्तो सम्झौताको पनि प्रतीक्षा रहेको छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनीको शेयर बाँडफाँड भएको छ । यस आयोजनाको शेयरमा प्रधानमन्त्री र उर्जा मन्त्रीका दम्पतीलेसमेत लगानी गरेर चर्चा पाएको थियो । हाल प्रतिकित्ता रु १० मात्र बुझाउनुपर्ने गरी जारी गरिएको हो । बाँकी ९० प्रतिशत रकम माग भएको बखत बुझाउनुपर्ने छ ।

पूर्ण मूल्य चुक्ता भएर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नहुँदासम्म यसको स्वामीत्व हस्तान्तरण हुनसक्ने छैन । यस्ता अरु १८ आयोजना यसैगरी शेयर जारी गर्ने क्रममा रहेका छन् ।

बैंक गाभिने/विलय हुने लहरसँगै गाभिने क्रममा रहेका बैंक/वित्तले एकीकृत कारोबार गर्ने क्रमसमेत शुरु भएको छ । बैंक गाभिन थालेसँगै लघुवित्त पनि गाभिन थालेका छन् । ‘क’ देखि ‘ग’ सम्मका बैंक तथा वित्तीय संस्था जुनसुकैसँग गाभिन सक्नेछन् । तर लघुवित्त भने उही समूहसँग मात्र गाभिन सक्नेछन् ।

सूचीकृत कम्पनीले साधारणसभा गर्ने क्रम अझ चल्दैछ । तर बीमा कम्पनीले भने अहिलेसम्म पनि आर्थिक वर्ष २०७४/७५ को सभा आव्हान गरेका छैनन् । वाणिज्य बैंकलेसमेत सभा सकेका छैनन् ।

बजार पूँजीकरणमा उपल्लो स्थानमा रहेको नेपाल टेलिकमको मूल्यमा बढोत्तरी भएको छ । साताको अन्तिम दिन नेपाल टेलिकमको शेयर मूल्य ६ सय ८५मा बन्द भएको छ । अगिल्लो हप्ताको अन्तिम दिन ६ सय ७७ मा बन्द भएको थियो ।


सूचक र बजार पूँजीकरण

यस हप्ता बजार ५ दिन पुरै खुलेको थियो । 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी



सूचीकरण 

यस हप्ता निम्न कम्पनीको शेयर सूचीकरण भएको छ । 

नयाँ शेयर/हकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । ग्रामीण लघुवित्तले ५० प्रतिशत हकप्रदको लागि चैत २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन । लिलामी सम्बन्धि सूचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ । लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ । 

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलीरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।


वाणिज्य बैंक समूह


विकास बैंक समूह

लघुवित्त समूह

जलविद्युत, होटेल र बीमा, उत्पादन तथा प्रशोधन र अन्य 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

निर्वाचन, मनोनयन, नियुक्ति र राजीनामा 

एक्सेल डेभलपमेन्ट बैंकमा संस्थापक शेयरधनीतर्फबाट महेन्द्रकुमार गोयल, हेमराज ढकाल र राजन शर्मा निर्विरोध निर्वाचित भएका छन । महेन्द्रकुमार गोयललाई संचालक समितिको अध्यक्ष चयन समेत गरेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेशनमा लक्ष्मीदास मानन्धर, नवराज ढकाल (सरकारद्वारा मनोनित), योगेन्द्र गौचन (नेशनाल ट्रेडिङबाट मनोनित), प्रदीपलाल श्रेष्ठ, कल्याणगोबिन्द श्रेष्ठ, कीर्तिकुमार जोशी, अतुल मल्ल, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन निर्वाचितर मनोनित भएका छन् । 

युनिभर्सल पावर कम्पनीका सञ्चालक पुष्पेन्दु भट्टराईले राजीनामा गरेका छन् । 

युनिभर्सल पावर कम्पनीमा देवकुमार श्रेष्ठलाइ कम्पनी नियुक्त भएका छन् । त्यस्तै स्वदेशी लघुवित्तले प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईलाई कम्पनी सचिव समेतको जिम्मेवारी दिएको छ ।

सिद्धार्थ बैंक, आरएसडीसी लघुवित्त, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र ग्लोबल बैंकले धितोपत्र बोर्डमा बोनस शेयर दर्ता गरेका छन् । 

नुवाकोटको हाम्रो विकास बैंक आजबाट विधिवतरुपमा ज्योति विकास बैंकमा गाभिएको । आजबाट हाम्रो विकास बैंकले ज्योति विकास बैंकको नाममा कारोबार गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया