हावाहुरी पीडितलाई प्रदेश दुई सरकारले चारकाेठे पक्की घर बनाइदिने

 चैत २०, २०७५ बुधबार १८:१८:५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा -  बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुलाई प्रदेश दुई सरकारले चारकोठे घर पक्की घर बनाइदिने भएको छ ।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित ५ सदस्यीय राहत तथा उद्धार उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । आइतबार विनाशकारी हावाहुरी आएसँगै साेमबार बिहान बसेकाे प्रदेश दुईकाे मन्त्रिपरिषद् बैठकले समिति गठन गरेकाे थियो ।

चार महिनामा निर्माण हुने पक्की घरमा तीनवटा कोठा, एउटा भान्छाकाेठा र एउटा शौचालयसमेत हुने समितिले जनाएकाे छ । सम्पूर्ण पीडितहरुलाई बनाइदिने एउटा यस्तो घर निर्माण गर्न ५ लाख रुपैयाँ लाग्ने मन्त्री यादवले बताउनुभयो ।

यस विषयमा मन्त्री यादवले बुधबार बसेको प्रदेशसभा बैठकमा समेत जानकारी गराउनुभएको छ । यस्तै प्रदेश २ का प्रदेश सांसदहरुले हावाहुरी प्रभावितहरुलाई सात दिनको तलबभत्ता राहतस्वरुप प्रदान गर्ने भएको छ । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा घटनामा मृत्यु हुनेहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया