हुम्लाका कैदी बन्दीलाई पुस्तक

 चैत २३, २०७५ शनिबार १३:२२:४६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – हुम्ला जिल्लाका रहेका कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना भएको छ ।  

कैदी बन्दीहरुको पढ्नका लागि भन्दै पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयभित्र रहेको कारागार कार्यालयको नव निमार्णाधीन भवनमा पुस्तकालय रहेको छ । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्यायनका लागी कर्णाली प्रदेश  प्रहरीको पहलमा हुम्ला जिल्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

बाहिरी संसारबारे जान्न र बुझ्न कैदी बन्दीलाइ अध्ययनका लागि भन्दै २ सय २० वटा पुस्तक संकलन गरिएको छ ।  कर्णाली प्रदेशका सबै जिल्लाभित्र पुस्तक अभियानमार्फत संकलन गरिएका पुस्तक पत्र पत्रिकाहरुलाइ संकलन गरी राखिने जेलर डवले रावतले बताउनुभयो । 

पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय लेखक पत्रकारहरुले पनि पुस्तक हस्तान्तरण गरेका थिए । हुम्लाश्री आचलीका सम्पादक कर्ण रोकायाले १० वटा पुस्तक, लेखक तथा शिक्षक मधु बस्नेतले ३ वटा पुस्तक उपलब्ध गराएका थिए । 

पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्थापना हुदा सकरात्मक सोचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर जिल्ला जिल्लामा रहेका कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ ।

‘कारागारलाई किताब’ अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरीले प्रदेशमा रहेका सबै कारागारमा पुस्ताकालय स्थापना गर्दैछ । यो अभियानका प्रमुख अभियन्ता प्रसिद्ध आख्यानकार तथा कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया