साप्ताहिक शेयर समीक्षा: सूचक र कारोबार दुवै बढ्याे

 चैत २९, २०७५ शुक्रबार १८:२४:३६ | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - २०७५ काे शेयरबजार अपेक्षा नै अपेक्षामा सकिएको छ । वर्ष सकिए पनि आर्थिक वर्ष सकिन अझ ३ महिना बाँकी छ । शेयरबजारका लागि वर्ष सकिने भन्दा पनि तेस्रो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय स्थिति कस्तो रह्यो होला भन्ने चासो बढी हुन्छ ।

अघिल्लो साताभन्दा यस साताको अन्तिम दिन सूचक र कारोबार दुवै बढेको छ ।

यस हप्ता २ वाणिज्य बैंकले साधारणसभा घोषणा गरेका छन् । अझ पनि प्राइम, नेपाल क्रेडिट एण्ड कमर्श र सिभिल बैंकले साधारणसभा घोषणा गरेका छैनन् । त्यस्तै, बीमा कम्पनी कुनैले पनि सभा घोषणा गरेका छैनन् ।

त्यस्तै, ठूलो पूँजी र क्षमता भएको तामाकोशी जलविद्युत कम्पनीले पनि सभा घोषणा गरेका छैनन् । प्राथमिक र हकप्रद शेयर जारी हुने क्रम बढ्दो छ । 

बैंक गाभिने/विलय हुने क्रमसँगै एकीकृत कारोबार र गाभिने स्वीकृति लिन विशेष सभा पनि हुन थालेको छ । गाभिने क्रममा रहेका कावेली र सप्तकोशी बैंकले विशेष सभा सम्पन्न गरेका छन् ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार ५ दिन पुरै खुलेको थियो । 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ । 


सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ता निम्न कम्पनीको शेयर सूचीकरण भएको छ ।

नयाँ शेयर/हकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । एभरेष्ट इन्सुरेन्सले वैशाख ९ गते हकप्रद शेयर जारी गर्न बुक क्लोज गर्ने भएको छ ।

युनियन हाइड्रोपावरको शेयरमा पर्याप्त आवेदन पर्नासाथ बन्द हुनेछ । 

लाभांश घोषणा

नेप्सेमा सूचिकृत कम्पनीले लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४/७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह

   

जलविद्युत, होटेल र अन्य 

वित्त,लघुवित्त र बीमा 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया