प्रदेश २ काे बेरुजू साढे १६ करोड

 चैत २९, २०७५ शुक्रबार १९:२७:६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ मा गएकाे आर्थिक वर्षमा झण्डै साढे १६ करोड  रुपैयाँ बेरुजू देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थलाई शुक्रबार बुझाएको लेखा परीक्षणको प्रतिवेदनमा प्रदेश २ सरकारमाथि १६ करोड ४६ लाख ९ हजार रुपैयाँ बेरुजू रहेको उल्लेख छ ।

प्रदेश सरकार मातहतका १० वटा निकायले खर्च गरेको ६९ कराेड ४३ लाख ९५ हजार रुपैयाँमा सो परिमाणको बेरुजू देखिएको हो ।

जसमा सबभन्दा बढी पेश्की बेरुजू १० करोड ७१ लख रुपैयाँ रहेको छ । यस्तै असुल गर्नुपर्ने बेरुजू २ करोड ५ लाख ७९ हजार, नियमित गर्नुपर्ने बेरुजू ३ करोड ६९ लाख ३० हजार र पेश्की कर्मचारी बेरुजू १ लाख रुपैयाँ रहेको छ ।  

१० वटा निकायमध्ये ६ वटा निकायमा बेरुजू छ । जसमा सबभन्दा बढी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमाथि १२ करोड ९१ लख ३० हजार बेरुजू छ भने आन्तरिक मामिला तथा कानुनमन्त्रालयको २ करोड ५ लाख ९५ हजार रुपैयाँ बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै समाजिक विकास मन्त्रालयको १ करोड ३३ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालय ८ लाख ३२ हजार, उद्योग, पर्यटना तथा वातावरण मन्त्रालयको ६ लाख ५२ हजार र प्रदेशसभा सचिवालयको १ लाख रुपैयाँ बेरुजू छ ।  

प्रदेश २ सरकारको १० वटा निकायको लेखापरीक्षण प्रतिवेदनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मुख्यन्यायधिवक्ताको कार्यालय र  प्रदेश लेखा नियन्त्रकको कार्यालय लगायत ४ वटा निकायमाथि भने बेरुजू छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया