घर-टहरा हटाएकाे विराेधमा वडा कार्यालयमा तालाबन्दी

 बैशाख ६, २०७६ शुक्रबार १६:५९:१५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - अतिक्रमण गरी बनाइएको घर टहरा हटाएपछि मोरङको विराटनगर महानगरपालिका वडा नम्बर-६ मा  स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

धुधुवा पैनीमा रहेका घर टहरा भत्काउँदा स्थानीयले विरोध गर्दै जनप्रतिनिधि र कर्मचारीलाई थुनेर तालाबन्दी गरेका हुन् । जनप्रतिनिधि तथा कर्मचारी झण्डै दुई घण्टा थुनिएका थिए  ।

आउँदाे आइतबार थप छलफल गर्ने सहमति भएपछि स्थानीय बासिन्दाले ताला खोलिदिएका छन् । तालाबन्दीका कारण सेवा लिन पुगेका सयौं सेवाग्राही मर्कामा परेका थिए।  

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया