शीतलको हत्या गर्ने दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

 जेठ २०, २०७६ सोमबार १९:३०:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – १५ वर्षीया किशोरी शीतल योङहाङको  घाँटी रेटी हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई पाँचथर  प्रहरीले सार्वजनिक गरेको छ । 

हिलिहाङ गाँउपालिका–४, पञ्चमीकी शीतलको गएको वैशाख २९ गते साँझको समयमा हत्या गरेको आरोपमा पक्राउ परेका १९ वर्षीय पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

शीतलको हत्या भएको अर्काे दिन वैशाख ३० गते फिदिमबाट पक्राउ परेका बाँस्तोला र आइतबार झापाको दमकबाट पक्राउ परेका तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकामध्ये तामाङ घटनाको मुख्य योजनाकार तथा बाँस्तोला सहयोगी रहेको पाँचथरका प्रहरी प्रमुख  प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो ।

पदम र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि दुईजना मिलेर शीतलको हत्या गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ गरी सार्वजनिक गरिएका दुवै जना जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ पात्लेभञ्ज्याङका हुन् । पक्राउ परेका दुवै जनाले हत्या गरेको स्वीकारेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया