विश्वकप क्रिकेट: भारतसामु दक्षिण अफ्रिकाको २२८ रनको लक्ष्य

 जेठ २२, २०७६ बुधबार १९:१५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई २२८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायाे । १५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाउँदा रबडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसि ४२ रनमा आउट हुँदा एन्ड्ले फेलुकवायाेले ३८ रन जोडेका थिए ।

बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया