कीर्तिपुरमा ‘प्लाष्टिक पिच’

 जेठ २६, २०७६ आइतबार ७:४०:८ | उज्यालो सहकर्मी

 

काठमाण्डौमै पहिलो पटक कीर्तिपुरमा ‘प्लाष्टिक पिच’ गरिएको छ । तीनकुनेदेखि कीर्तिपुर गेटसम्म करिब दुई सय मिटर सडकमा यस्तो पिच गरिएको हो ।

यसरी पिच गर्ने क्रममा अलकत्रा र गिटी बालुवासँगै प्लाष्टिकको खोल मिसाइन्छ । अनि अलकत्रा र गिटी बालुवासँग मिसाएर सडक कालोपत्रे गरिन्छ ।

नौ महिनाअघि नेपालमै पहिलोपटक ग्रिन रोड वेस्ट मेनेजमेन्ट कम्पनीको पहलमा पोखरामा प्लाष्टिकको पिच गरिएको थियो । अहिले कीर्तिपुर नगरपालिकाले यही कम्पनीसँग मिलेर परीक्षणको रुपमा सडक पिच गरेको हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया