इटहरीका मेयरद्वारा अभिव्यक्ति फिर्ता

 जेठ २६, २०७६ आइतबार २०:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु,’ भन्नुभएको छ ।  साथै उहाँले आफू उदण्ड प्रवृत्तिको व्यक्ति नभइ अनुशासित व्यक्ति रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 
‘गएको जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमार्फत आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले उहाँ र सिंगो सञ्चार जगतमा पर्नको चोटप्रति दुःख प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो सञ्चारजगत प्रति चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । साथै मेयर चौधरीले इटहरीको समृद्धि र विकासमा सञ्चारजगतसहित सबैको साथ आवश्यक रहेको पनि बताउनुभएको छ । आफू भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चारजगको पनि रचनात्मक भूमिका अपरिहार्य रहेको भन्दै त्यसका निम्ति सहयोग र सहकार्य राख्न उहाँले अग्रह पनि गर्नु भएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया