याे वर्षकाे मनसुन एक हप्ता पछि सर्‍याे

 जेठ २७, २०७६ सोमबार ८:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको मनसुन एक हप्ता ढिलो हुने भएको छ । सामान्यतया जुन १० अर्थात् साेमबार आजदेखि मौसम भित्रनुपर्ने भए पनि यसपटकको मनसुन एक हप्ता ढिला गरी भित्रने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस वर्षको मनसुन अर्को हप्तासम्म नेपाल भित्रने अनुमान छ । मनसुन शुक्रबार भारतको केरला आइपुगेको र अब विस्तारै नेपाल भित्रने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

मनसुन सुरुमा झापा र मोरङ हुँदै मध्यक्षेत्रमा मनसुन सक्रिय हुनेछ । यसबर्ष पूर्वी भेगमा कम र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान गरिएको छ ।

अहिले धानको बीउ राख्ने बेला हो । कुलो पानी भएका क्षेत्रमा बिउ उम्रिसकेको भए पनि आकाशे पानी पर्खेर बसेका किसानलाई त्यसै अनुसार तयारी गर्न कृषि विज्ञले आग्रह गरेका छन् ।

मनसुनअघि सक्रिय बनेको प्रि-मनसुनले अझै आकाश छाडेको छैन । प्रि-मनसुन र हिउँदे वर्षा भने पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।

यसैबीच साेमबार मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित सामान्य वर्षाको संभावना छ । तर तराई क्षेत्रमा भने मौसम सफा रहेको र साेमबार दिनभर नै सफा हुने मौसमविद् बासीले बताउनुभयो ।

काठमाडौं उपत्यकामा अहिले मौसम सफा छ । बेलुकापख आंशिक बदली हुन सक्ने अनुमान छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया