सोमबार कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, अरु विदेशी मुद्रा स्थिर

 जेठ २७, २०७६ सोमबार १०:२४:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वन र कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ । अरु विदेशी मुद्रा आज सोमबार स्थिर छ ।

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ । 

कोरियन वनको भाउ केही पैसा बढेको छ । वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा थियो । 

कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो खरिददर ३६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा थियो ।

बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ ०२ पैसा र बिक्रीदर २९५ रुपैयाँ ६१ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया