सिन्धुपाल्चोकमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण : स्वास्थ्यकर्मी

 जेठ २७, २०७६ सोमबार ११:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मुलाबारीमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको निर्क्याैल गरेको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताउनुभयो ।

बिरामीको अवस्था कमजोर भएको पनि उहाँले बताउनुभयो । बिहेमा भोज खाँदा गाउँका १ सय ३५ जनालाई झाडापखाला भएको उहाँले बताउनुभयो ।

उनिहरुमध्ये पाँचजनालाई थप उपचारका लागि काठमाडौं पठाएको बलेफी ५ का वडाअध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।

३०/३२ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । ९८ जना बिरामीलाई गाउँमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ । अहिले अवस्था सामान्य हुन थालेकाे पनि वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया