'नेपाल भ्रमण वर्ष-२०२०' सफल बनाउन जापानमा नेपाल महोत्सव

 जेठ २७, २०७६ सोमबार १७:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – 'नेपाल भ्रमण वर्ष-२०२०' लाई सहयोग पुर्‍याउने उद्देश्यका साथ जापानको नागोयामा नेपाल महोत्सव-२०१९ गर्न लागिएको छ । 

जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुई देशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै 'नेपाल भ्रमण वर्ष-२०२०' लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । 

नेपाली कला संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना, गीतसंगीत झल्किने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै 'नेपाल भ्रमण वर्ष-२०२०' का लागि जापानी नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताउनुभयो ।

जापानमा रहेको नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह-आयोजकको रुपमा सहभागी हुँदैछन् । महोत्सव साकायको हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

अन्तिम अपडेट: जेठ ३१, २०७६

तपाईको प्रतिक्रिया