प्रदेश १ को बजेट ४२ अर्ब २० करोड

प्रदेश सांसदले विकासको लागि २ करोड ५० लाख पाउने

 असार १, २०७६ आइतबार १९:५७:३० | सुमन तिमल्सिना
unn.prixa.net

फाइल तस्बिर

माेरङ - प्रदेश आइतबार १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालुतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान छ ।

सडक, सुरुङमार्ग सहितका ठूला योजना र पर्यटकीय क्षेत्रको विस्तार प्रदेश १ को बजेटमा मुख्य प्राथमिकतामा समेटिएका छन् । साथै प्रदेश १ सरकारले  कर्मचारीको तलव बृद्धि गरेको छ । संघीय सरकारबाट निर्धारण भएको तथा कायम हुने तहगत प्रणाली अन्तर्गतको तलव, ग्रेड, महंगी भत्ता, सञ्चयकोष, पोशाक खर्च, बीमा लगायतका अन्य सुविधा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हकमा समेत लागू गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

प्रदेशमा समायोजन भई एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार एकमुष्ठ प्रदान गर्ने उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया