आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्ने प्रारम्भिक टोली छनोट, को–को परे ?

 असार ३, २०७६ मंगलबार १२:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आसन्न आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । जसमा पहिलो पटक नन्दन यादवले स्थान बनाएका छन भने जितेन्द्र मुखीयाले कमब्या गर्न सफल भएका छन् ।

सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने प्रतियोगिताका लागि पहिलो चरणमा समावेश गरिएका २५ खेलाडी यस प्रकार रहेका छन् ।

 

क्याम्पमा परेका खेलाडी

  • पारस खड्का
  • अभिनाश बोहोरा
  • अमित श्रेष्ठ
  • बसन्त रेग्मी
  • भिम शार्की
  • विनोद भण्डारी
  • दिपेन्द्रसिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • जितेन्द्र मुखिया
  • करण केसी
  • कुशल भुर्तेल
  • ललित भण्डारी
  • ललितनारायण राजवंशी
  • मोहम्मद आरिफ शेख
  • नन्दन यादव
  • पवन सराफ
  • प्रदिप ऐरी
  • राजु रिजाल
  • रोहितकुमार पौडेल
  • सन्दीप लामिछाने
  • साहव आलम
  • शरद भेषवाकर
  • सोमपाल कामी
  • सन्दीप जोरा
  • सुसन भारी

टिमले ५ गतेबाट बन्द प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षणमा जितेन्द्रले झण्डै दुई बर्षपछि कमब्याक गरेका हुन । पछिल्लो पटक चोटका कारण पनि उनी मैदान बाहिर रहदै आएका थिए । तर उनले फ्रेन्चाइजी लिग खेलेपनि राम्रो प्रदर्शन गर्न नसक्दा राष्ट्रिय टिमको क्याम्पमा पर्न सकेका थिएनन् । यस्तै युवा खेलाडी अमित श्रेष्ठले पनि पहिलो चरणमा स्थान बनाएका छन । क्याम्पमा यू–१९ टिमका पूर्व कप्तान राजु रिजालले पनि स्थान बनाएका छन् ।

यसपटक टिममा अनिल शाह, दिलिप नाथले स्थान बनाउन सकेनन् ।नेपाली टिमले टी–२० विश्वकपको एशिया छनोट अगाडी एक साताका लागि बैदेशिक प्रशिक्षणको योजना बनाएको छ । तर आइसीसीले सो योजनाको एकिन भने गर्न सकेको छैन ।

सिंगापुरमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल २३ जुलाइमा कतारसँग पहिलाे खेल खेल्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया