आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
तीन खेलमा बाहिर बसेपछि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडी न्युजिल्याण्डविरुद्धको खेल मार्फत विश्वकपमा फर्कने भएका छन् ।
शारीरिक परीक्षणमा फिट रहेपछि बुधबार एडबास्टनमा हुने र जित्नैपर्ने खेलमा एनगिडी खेल्ने सम्भावना बढेकाे हाे । जुन २ मा बंगलादेशविरुद पराजित भएको खेलमा उनलाई चोट लागेको थियो जसका कारण २३ वर्षीय यी बलरले ३ खेल गुमाउनुपरेकाे थियाे ।
सोमबार उनले पत्रकारहरुलाई आफू खेल्नका लागि आतुर रहेको बताएका थिए । सुरुमै लगातार तीन हार र वेष्ट इन्डिजविरुद्धको खेल वर्षाका कारण रद्द भए पनि दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध भने सहज जित हात पारेको थियो ।
एनगिडीले अब दक्षिण अफ्रिकाको तीव्र गतिकाे आक्रमणलाई बलियो बनाउने विश्वास लिइएकाे छ । विश्वकप सुरु हुनुअघि नै डेल स्टेनको चोटले दक्षिण अफ्रिकालाई धक्का लागेकाे थियो । एनगिडीले कगिसो रबाडासँगै बलिङ ओपन गर्ने सम्भावना रहेकाे छ ।