युवती हत्या प्रकरण : साथमा रहेको पैसा 'लुट्न' घाँटी रेटी हत्या

 असार ४, २०७६ बुधबार १२:५७:२९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउँपालिका–६ मा मंगलबार साँझ घाँटी रेटी हत्या गरिएकी २० वर्षीया सुजाता तामाङको साथमा रहेको पैसा पनि लुटिएको प्रहरीले जनाएको छ ।

सुजाताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले बताएको छ । सुजाताको हत्या लुटपाटकै लागि गरिएको हो या अन्य कारणले हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । हत्या गरिएकी तामाङ हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा काम गर्थिन् ।

मंगलबार गाउँका दुई ठाउँका बैठकमा सहभागी भएर फर्कने  क्रममा हिलिहाङ गाउँपालिका–६, चित्ते भन्ने स्थानको जङगलको गोरेटो बाटोमा उनको हत्या भएको थियो ।

इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी तामाङको शव अहिले जिल्ला अस्पताल फिदिममा राखिएको छ । उनका आफन्त आएपछि शवलाई पोस्टमर्टम गरिने प्रहरीले बताएको छ । हत्याराको खोजी भैरहेको प्र्रहरीले जनाएको छ । 

पाँचथरमा माइक्रोफाइनान्समा कार्यरत युवतीको घाँटी रेटी हत्या

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया