विश्वकप क्रिकेट: भारतले दियाे अफगानिस्तानलाई २२५ रनकाे मध्यम लक्ष्य

 असार ७, २०७६ शनिबार १९:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसिय विश्वकपमा भारतले अफगानिस्तानलाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए ।

त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ५७ रनको साझेदारी भयो । जसमा राहुलले २० रन बनाए ।

त्यसपछि आएका विजय शंकरपनि २९ रनमा आउट भएपछि भारतले एक सय २२ रनमा तेस्रो विकेट खेर फाल्यो । भारतको मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न सकेनन् ।

उसका लागि कप्तान विराट कोहलीले ६७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्या सात रनमा आउट भए भने मोहम्मद शामी  एक रनमा बाहिरिए । उसका लागि केदार जादवले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन बनाए । बलिङमा मोहम्मद नाबीले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया