बालगृहबाट उद्धार गरिएका २४ बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

 असार ८, २०७६ आइतबार १२:५०:५८ | रमेश ऐडी
unn.prixa.net

हुम्ला –  काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

बालगृहबाट उद्धार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकायको रोहबरमा अभिभावकलाई बुझाइएको हो ।

कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै हुम्लाका विभिन्न गाउँबाट काठमाण्डौैको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा अलपत्र पारिएका बालबालिकाको उद्धार गरिएको हिमाली नवीन समाज नामक संस्था हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताउनुभयो । 

अवैध रुपमा विभिन्न जिल्लाबाट ऐश्वर्य बालगृहमा पुर्‍याइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको यो संस्थाले जनाएको छ ।  केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र हिमाली नवीन समाज हुम्लाको पहलमा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । 

बालगृहले आवश्यक मापदण्ड नै पूरा नगरी बालगृह सञ्चालन गरिरहेको थियो । कतिपय बालबालिकालाई विद्यालयसमेत नपठाएको पाइएको थियो । बालबालिकाको स्वास्थ्य अवस्थामासमेत वास्ता नगरेको पाइएपछि उनीहरुको उद्धार गरिएको थियो । 

बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बालबालिका ओसार–पसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताउनुभयो । 

गाउँमा अभिभावकबाट ३० हजार देखि १ लाखसम्म रकम लिएर कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै बालबालिकालाई काठमाण्डौ लगेको सिमकोट–१ कुम्ली गाउँका रामभक्त उपाध्यले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया