पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो

 असार २९, २०७६ आइतबार ७:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ । 

ठाकुरबाबा नगरपालिका– ६ मोतिपुरको गिठे खोलामा डुबेर स्थानीय रामबहादुर गिरीकी १० वर्षीय छोरी सीता गिरी र केशवनाथ योगीका ८ वर्षीय छोरा ध्रुवनाथ योगीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

स्थानीयले पानी जमाउनका लागि खोलामा खाल्डो खनेका थिए । खोलामा वर्षापछि पानी जमेको खाल्डोमा पौडी खेल्न खोज्दा दुवै जना डुबेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीपकुमार डीसीले जानकारी दिनुभयो ।

डुबेर बेपत्ता भएको झण्डै दुई घण्टापछि प्रहरी र स्थानीयले शव फेला पारेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया