बाजुरामा जीप दुर्घटना : दुई जनाको मृत्यु, १२ जना घाइते

 साउन ३, २०७६ शुक्रबार ११:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

कालिकोटको जितेगडाबाट बाजुराको पिलुचाैरका लागि छुटेको राराकर्णाली यातायातकाे क १ ज २१ नम्बरको जीप बाजुराको जगनाथ गाउँपालिकाको भुक्का खाेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ अहिले प्रहरीको टोली गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया