उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिराे प्रभावितलाई हेलिकप्टरमा खाद्यान्न

 साउन ९, २०७६ बिहिबार १३:४२:४२ | सुमन तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिराे प्रभावितहरुको लागि राहत पठाउने काम सुरु गरेको छ ।

प्रदेश १ सरकारको विपद् व्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ।

लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिका पुग्ने बाटाे अविरल वर्षा र पहिरोको कारण अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले ती ठाउँमा चरम खाद्यान्न अभाव भएको थियो ।

पहिलो चरणमा  दाल १८० किलो,  चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र  नून १ सय ५० किलो  नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो ।

चार पटक गरेर लगिने सामग्रीमा चामल १९ हजार किलाे, दाल ९५ किलो, पाँच सय लिटर तेल र ५ सय किलो नुन पठाएको प्रदेश सरकारका प्रवक्ता आन्तरिम ममिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो  ।

सबै सामग्री बिहीबारै लिम्चुङबुङ र ताप्लीमा पठाइँदैछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया