नेकपा 'विप्लव' का धनकुटा-मोरङ सेक्रेटरी दिपक राई पक्राउ

 साउन ९, २०७६ बिहिबार १६:५१:२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

 केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उहाँलाई पक्राउ गरिएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

बम विस्फाेट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भैरहको प्रहरीको भनाइ छ । मोरङ र धनकुटाबाहेक अन्य जिल्लामा विप्लव समूहले गरेको घटनामा राईको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया