जंगली च्याउ खाँदा पाँचथरमा बुहारीको ज्यान गयो, सासू बिरामी

 साउन १४, २०७६ मंगलबार १८:५५:४१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको ज्यान गएको छ । जंगली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको ज्यान गएको हो । 

गएको साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएकी उहाँको विराटनगरको नर्सिङ होममा उपचारको क्रममा मंगलबार ज्यान गएको फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष अबिन्द्र चेम्जोङले बताउनुभयो । 

जंगली च्याउ खाँदा सुनिताकी ७० वर्षीया सासू सन्चमाया चेम्जोङ बिरामी परेकी छिन् । उहाँको बिर्तामोडको मनमोहन अस्पतालमा उपचार भैरहेको  छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया