प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - आइएमई नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करण आउँदो मङ्सिरमा गरिने भएको छ । फेस्टिभल आउँदो मंसिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा आयोजना गरिने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।
फेस्टिभलमा अघिल्ला संस्करण जस्तै यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागि हुने र तीन दर्जनभन्दा बढी सेसन चल्ने छ ।
यस पटकको संस्करणमा भारतीय लोकसभाका सांसद एवं लोकप्रिय साहित्यकार डा.शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूको सहभागिता रहने छ ।
यस पटकको लिटरेचर फेस्टिभलमा दक्षिण एसियाली साहित्यकै सर्वाेत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कारसमेत प्रदान गरिने भएकाे छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको यो पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले गएको आठ वर्षदेखि प्रदान गर्दै आइरहेको छ ।
डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले लिटरेचर फेस्टिभललाई एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पु¥याउने आइएमई नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बरालले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले बताउनुभयो । यस पटकको लिटरेचर फेस्टिभलमा डिएससी पुरस्कार विजेता पनि घोषणा गरिने छ ।
गएको वर्षको डिएससी पुरस्कार भारतको कोलकातामा टाटा स्टिल कोलकत्ता लिटरअरी मिटमा घोषणा गरिएको थियो ।