वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको निधन

 भदौ ४, २०७६ बुधबार १९:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको बुधबार दिउँसाे निधन भएको छ ।

६४ वर्षीय रानाको उपचारका क्रममा ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहले ग्रस्त रानाको गएको वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

चलिचत्र ‘कर्जा’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका किशोरले ‘राँको’, ‘सीमारेखा’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’ ‘घुम्टो’ जस्ता सफल चलचित्र निर्देशन गर्नु भएको छ ।  बलिउडमा समेत सहायक निर्देशकका रुपमा काम गरेका किशोरले ‘कब होइ मिलनवा हमार’सहितका केही भोजपुरी चलचित्र समेत निर्देशन गर्नु भएको छ ।

उहाँ राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा दीर्घ साधना सम्मानबाट सम्मानित हुनु भएको थियो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया