आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

 भदौ ५, २०७६ बिहिबार १०:१०:२४ | रासस
unn.prixa.net

बाँके – आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गएको असार २१ गते बलात्कार भएको थियो । 

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग चार लाख रुपैयाँ लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुवै पक्षका १० जनालाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया