इलाममा दाजुलाई खुकुरी हानेर गम्भीर घाइते बनाइ भाइले गरे आत्महत्या

 असोज ५, २०७६ आइतबार २०:२६:३२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा एक युवकले दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर आत्महत्या गरेका छन् ।

सन्दकपुर गाउँपालिका -१, माइपोखरीका आफ्ना दाजु विष्णु राईलाई घाइते बनाएर भाइ बुद्ध राईले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

प्रहरीका अनुसार, ४५ वर्षका बुद्धले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने हालसम्म खुलेको छैन । दाजुभाइका बीचमा त्यस्तो मनमुटाव नभएको अर्का भाइ चक्र बहादुर राईले जानकारी दिनुभयो । बुद्धले दाजुुलाई घरैमा घाइते बनाएको बताइएको छ ।

गम्भीर घाइते भएका ६४ वर्षका विष्णुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा रेफर गरिएको छ । उहाँलाई खुकुरी प्रहारसँगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया