यूएईबाट आईएमईमार्फत पैसा पठाउँदा दुई नेपालीका परिवारलाई दोब्बर रकम उपहार

 असोज ७, २०७६ मंगलबार ११:४१:२० | उमाकान्त पाण्डे

यूएई – यूएईबाट आईएमईमार्फत नेपाल पैसा पठाउँदा यूएईमा कार्यरत दुई नेपालीका परिवारले दोब्बर रकम उपहार पाएका छन् । 

‘आईएमई दशैं तिहार डबल’ योजना अन्तर्गत ३० हजार रुपैयाँ घरमा पैसा पठाउँदा यूएईमा कार्यरत स्याङ्जाका विजयी नेपालीले ‘लक्की ड्र’ मार्फत ३० हजारको दोब्बर रकम ६० हजार रुपैयाँ पाउनुभएको आईएमई यूएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिनुभयो । यस्तै अघिल्लो हप्ता सुनसरीका महेश आलेले ६ हजार रुपैयाँ पठाउँदा त्यसको दोब्बर १२ हजार रुपैया पाउनुभएको छ । 

विदेशबाट आईएमई रेमिटको माध्यमबाट नेपाल रकम पठाउँनेहरु यो योजनामा सहभागी हुने र जितेको उपहार जहाँ जसको नाममा पठाएको हो उसले नै पाउने आईएमई यूएई प्रतिनिधि इश्वर अधिकारीले जानकारी दिनुभयो ।

आईएमईको यो योजनामा हरेक हप्ता विश्वभरका दुईजना नेपाली बिजेता छानिने छन् । सेप्टेम्बर १ देखि सुरु भएको यो योजना नोभेम्बर १६ सम्म चल्ने छ । 

योजना अवधिभर हप्तामा २ जनालाई आईएमई गरिएको रकमको डबल रकम, मासिक २ जनालाई आईएमई गरिएको रकमको चारगुणा बढी  तथा बम्पर योजनामा सहभागी मध्ये एकजनाले आईएमई गरिएको रकमको आठ गुणसम्म रकम जित्ने आईएमई यूएई प्रतिनिधि अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया