झरीका कारण विराटनगरकाे कोसेली महोत्सव स्थगित: शनिबारदेखि सञ्चालन हुने

 असोज १०, २०७६ शुक्रबार १८:५४:२७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा शुक्रबारदेखि सुरु हुने भनिएको कोसेली महोत्सव वर्षाका कारण स्थगित भएको छ ।

महोत्सव गर्ने‍ भनिएकाे जैन भवनमा पानी जमेपछि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भनिएको कोसेली महोत्सव तत्काललाई स्थगित गरिएको महिला उद्यमी समितिले जनाएको छ ।

रमाइलो तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि गर्न लागिएकाे महाेत्सव पानीका कारण स्थगित भएपछि आयाेजकले जैन भवनभित्र नै स्टल बनाएर शनिबारदेखि मेला आयोजना गर्ने निर्णय गरेकाे छ ।

उद्योग संगठन मोरङका अध्यक्षसहित पदाधिकारीहरु महोत्सव सार्न नहुने र शुक्रबारदेखि नै सुरु गर्नुपर्ने तथा आयाेजक महिला उद्यमी समिति मेला सार्नुपर्ने पक्षमा देखिएका छन् ।

महोत्सवको सबै तयारी सकिएकोले महोत्सव शुक्रबारका लागि स्थगित भए पनि शनिबारदेखि नियमित तालिकामा सञ्चालन हुने उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया