चावहिलबाट सुनसहित दुई जना पक्राउ

 असोज १५, २०७६ बुधबार ८:२१:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ‘त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ’ उहाँले भन्नुभयो ।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । यो सुनको मूल्य १२ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया