कैद भुक्तान गरिरहेका एकै गाँउका दुई जनाको मृत्युपछि गाउँ नै शोकमा: दशैँ खल्लो

 असोज २१, २०७६ मंगलबार १७:२०:२७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका पहिलेको याङनाम गाविसको एकै गाउँका दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

दशैँका अवसरमा कारागार भित्रै ल्याएर मारेको सँगुरको मासु पकाएर खाँदा उनीहरुको मृत्यु भएको थियाे ।

आइतबार राति सँगुरको मासु खाएर बिरामी परेका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा ज्यान गएको हो । यस्तै मासु खाएर बिरामी परेका ३४ वर्षीय जयप्रकाश जवेगुको पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा सोमबार राति बाटोमै ज्यान गएको थियो ।

मासु खाएर ज्यान गुमाएका दुवै जना छिमेकी हुन् । एकै गाँउका दुईजनाको मृत्युपछि दशैँ पनि अमिलो भएको छ । 

मासु खाएर ज्यान गुमाउने मध्ये केरुङ ३ वर्षअघिदेखि जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने जवेगु कर्तव्य ज्यान अन्तर्गतको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए ।

मासु खाएर अन्य दुई जना पनि बिरामी परेका छन् । बिरामी पर्नेहरु कुम्मायक गाउँपालिकाका दिनेश खजुम र फालेलुङ गाउँपालिकाका सुन्दर राई रहेका छन् । उनीहरुको बीएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया