महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
मोरङ - मोरङको रंगेली नगरपालिका-८, चाइना गेटमा एउटा मात्र थुन भएकाे गाई ब्याएपछि बाछाे हुर्काउन फेला परेको छ ।
मन्जौ मण्डलको घरमा दुई वर्ष अगाडि दाइजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुशी छायो । सानैदेखि बाछीको स्याहारसुसार गरेर ठूलो पारे बाछी ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्मायाे तर बाछोलाई दुध खुवाउन खोज्दा गाईको त थुन नै भेटिएन ।
गाईको थुन नभएको बारेमा गाउँभरि हल्ला चल्यो । गाउँभरका मान्छेहरु हेर्न आउन थाले । गाईको थुन नभएपछि मण्डलले रंगेलीमा रहेको पशुपंक्षी सेवा कार्यालय रंगेलीमा बुधबार गाई र बाछो दुवै ल्याए ।
गाईको चारवटा थुन हुनुपर्नेमा एउटा सानो थुन मात्र भएको पशु प्राविधिकले पत्ता लगाए । नायब पशु स्वास्थ्य प्राविधिक ज्योति बाँस्कोटाले गाईको चार वटा थुन हुनुपर्नेमा तीन वटा थुन नै नभएको र एउटा थुन भ एपनि त्यसमा दूध आउने नशा नभएको हुनाले दूध नआउने जानकारी दिनुभयाे ।
बाँस्कोटाले बाछो राम्रो भएको हुनाले बाछोलाई हुर्काउन ५ महिनासम्म निप्पल को सहारामा दूध खुवाउन सुझाव समेत दिनुभयाे ।
थुन नहुनुको कारणका बारेमा पशु प्राविधिक बाँस्कोटाले कुनै पनि पशुहरुको आफ्नै वंशजबाट गर्भ रहेर जन्मेका पशुहरुमा यस्तो प्रकारको समस्या हुने गरेको र आफ्नो कामको सिलसिलामा अहिलेसम्म यस्तो अनौठो गाई समेत नदेखेको अनुभव सुनाउनुुभयाे ।
पशुसेवा कार्यालयमा आएका रंगेली-८ का धनेन्द्र बराल र पूर्णबहादुर खड्काले आफूले १५ वर्षदेखि पशुपालन गरे पनि यस्तो किसिमको गाई अहिलेसम्म नदेखेको अनुभव सुनाउनुभयाे ।
रंगेली गौशलामा विगत १० वर्षदेखि गाईको दूध दुहुने र व्यवस्थापनको काम गर्दै आएका उमेश दाहालले आफूले अहिलेसम्म यस्तो किसिमको गाई नदेखेको बताउनुभयाे ।