एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदको उपचुनावको लागि बुधबार ३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रुपा शाही, नेपाली कांग्रेसकी तारा शाही र राप्रपा नेपालको तर्फवाट दिपबहादुर शाहीले मनोनय दर्ता गरेका छन् । खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको गएकाे असार ३ गते जीप दुर्घटनामा ज्यान गएपछि त्याे पद रिक्त रहेकाे थियो ।तत्कालीन एमालेबाट उम्मेदवार भएर हमालसँग ५८ मतान्तरले पराजय भएकी रुपा शाहीलाई नेकपाले उपचुनावमा फेरि उम्मेदवार बनाएकाे छ ।