हुम्लाको खार्पुनाथ गाउँपालिकाकाे उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी

 मंसिर १५, २०७६ आइतबार १७:१२:६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिकाकाे उपाध्यक्षमा नेकपा विजयी भएको छ ।

नेकपाकी रुपा शाही नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वीभन्दा ६९ मत बढी ल्याएर विजयी हुनुभएकाे हाे । शाहीले १४ सय ५४ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारा कुमारी शाहीले १३ सय ८५ मत प्राप्त गर्नुभएकाे थियाे ।

यसैगरी राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याउनुभएकाे थियाे भने खसेकामध्ये २० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसको गढ मानिएकाे खार्पुनाथमा कर्णाली प्रदेश विपक्षी दलका नेता जीवन बहादुर शाहीको गृह गाउँपालिका हो । २०७४ को स्थानीय निर्वाचनमा रुपा शाही ५९ मतले पराजित हुनुभएकाे थियाे । गएकाे असार ३ गते उपाध्यक्ष सिन्धु हमालको जीप दुर्घटनामा मृत्यु भएपछि त्याे ठाउँ रहेकाे थियाे।

अन्तिम अपडेट: चैत २९, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया