१३औँ साग : पाकिस्तानलाई हराउँदै भारतले जित्याे पुरुष भलिबलको स्वर्ण

 मंसिर १७, २०७६ मंगलबार १७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अङ्कले जितेको हो ।

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । भारतले पहिलाे सेट जितेकाे छ भने नेपालले दाेस्राे  सेट जितेकाे छ । अहिले तेस्राे सेट चलिरहेकाे छ ।

नेपाल र भारतबीचकाे फाइनल खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन पनि आउनु भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया