नेपालले ८औँ सागमा जितेकै जति स्वर्ण पदक जित्याे

 मंसिर १९, २०७६ बिहिबार १४:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले आठौं दक्षिण एसियाली खेलकुद (साग)मा जितेको स्वर्ण संख्या जारी सागमा बराबरी गरेको छ ।

१९८४ देखि सुरु भएको साग गेम्समा नेपालले त्यतिबेला ४ स्वर्ण पदक  जितेको थियो । त्यसपछिका संस्करणमा आशातित सफलता हात पार्न नसकेको नेपालले घरेलु मैदानमा सन् १९९९ मा आयोजना गरेको आठौं साग गेम्समा ३१ स्वर्ण पदक जित्दै तालिकामा दोस्रो स्थानमा रहेको थियो ।

जारी सागमा लगातार स्वर्ण पदक जितिरहेको नेपालले आठौं सागमा हात पारेको स्वर्णको संख्या ३१ लाई बराबरी गरेको हो । पहिलो दिन  १५ स्वर्ण पदक जितेको नेपालले दोस्रो दिन ८ स्वर्ण जितेको थियो । तेस्रो दिन ६ स्वर्ण जितेको थियो । सागअन्तर्गत आज चौथो दिन उसुमा निमा घर्ती मगरले जित्दै स्वर्ण संख्या ३० बनाएकी थिइन् । यसैगरी साईक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितेपछि संख्या बराबरी भएको हो ।

जारी सागमा नेपालले कम्तीमा ५० स्वर्ण पदक जित्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दावी गर्दै आएका छन् ।

१३औँ सागमा स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर - साइक्लिङ

यसअघि स्वर्ण जित्नेहरु

सन् १९८४
पुष्कर शाही, बक्सिङ
पुरुष फुटबल टिम
बैकुण्ठ मानन्धर, एथलेटिक्स
दलबहादुर रानामगर, बक्सिङ

सन् १९८५
बैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७

बैकुण्ठ मानन्धर, एथलेटिक्स
स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९

चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१

गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर (टेबलटेनिस टिम इभेन्ट)
अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३

पुरुष फुटबल टिम

सन् १९९५

रमेश बस्नेत, जुडो
विरबहादुर राना, जुडो
जितबहदुर चौधरी, जुडो
टिका बोगटी, एथ्लेटिक्स

सन् १९९९

दीपक श्रेष्ठ,कराँते
धोजमान मोक्तान, कराँते
सुरेन्द्रलाल श्रेष्ठ, कराँते
राजेश श्रेष्ठ, कराँते

प्रकाश थापागमर, बक्सिङ
रामचन्द्र थापामगर, बक्सिङ
रवि महर्जन, कराँते
कृष्ण गुरुङ, कराँते
प्रिति डंगोल, कराँते
टिम काता, कराँते
गंगाराम महर्जन (सिंगल काता), कराँते
निता राई, कराँते
निमा पाठक, कराँते
जुनु राई, कराँते
विनिता चौधरी, कराँते
टिम काता (महिला), कराँते

संगिना बैद्य, तेक्वान्दो
रेनुका रानामगर, तेक्वान्दो
सविता राजभण्डारी, तेक्वान्दो
प्रमिला थापा, तेक्वान्दो
बन्दना श्रेष्ठ, तेक्वान्दो
रितु जिमी राई, तेक्वान्दो
किशोर श्रेष्ठ, तेक्वान्दो
अशोककुमार लामा, तेक्वान्दो
कोशिस खड्का, तेक्वान्दो
दीपक विष्ट, तेक्वान्दो
रवि उज्वज थपलिया, तेक्वान्दो
कमल क्षेत्री, तेक्वान्दो
राजकुमार राई, तेक्वान्दो
सीता राई, तेक्वान्दो

रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी

सन् २००४

दीपक विष्ट, तेक्वान्दो
संगिना बैद्य,तेक्वान्दो
रूपा सयाङदेन, तेक्वान्दो
निर्मल श्रेष्ठ, तेक्वान्दो
रेनुका रानामगर, तेक्वान्दो
निरञ्जन श्रेष्ठ, तेक्वान्दो
दीपक श्रेष्ठ, कराँते

सन् २००६

सुलोचना सिज्वाखा, कराँते
कुशल श्रेष्ठ, कराँते
दीपक विष्ठ, तेक्वान्दो
मनिता शाही, तेक्वान्दो

कमलबहादुर अधिकारी, भारोत्तोलन
विना लामा खड्का, उसु
राजकुमार रसाइली, उसु

सन् २०१०

दीपक विष्ट, तेक्वान्दो
आयशा शाक्य, तेक्वान्दो
सुनिल लामा, कराँते
विनोद शाक्य, कराँते
गंगा अधिकारी, कराँते
राजेन्द्र भण्डारी, एथलेटिक्स
विनिता महर्जन, उसु
आङबाबु लामा, उसु

सन् २०१६

निमा घर्तीमगर, उसु
फुपु ल्हामु खत्री, जुडो
पुरुष फुटबल टिम

स्राेतः नेपाल ओलम्पिक कमिटी

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया