पाँचथरमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयो

 पुस १२, २०७६ शनिबार २०:१९:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरका दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

सदरमुकाम फिदिम बजारमा भएको तीनचक्के मोटरसाइकल दुर्घटना हुँदा फिदिम–२, ओदिनका ४१ वर्षीय विष्णु ईङवाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फिदिममै रहेको समर्पित अस्पतालमा पुर्‍याउँदा ज्यान गएको हो ।

मृतककाे शव शनिबार नै पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको पाँचथर प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको तुम्बेवा–५, निगालेमा घाँस काट्ने क्रममा लड्दा एक वृद्धको ज्यान गएको छ। आफ्नै बारीमा घाँस काट्ने क्रममा ७५ वर्षीय अटलसिंंह राईको बारीको कान्लाबाट लडेर ज्यान गएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया