मैले प्रमाणित गर्न अब केही बाँकी छैन : राेनाल्डाे

 पुष १३, २०७६ आइतबार १८:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफू र आफ्नो वर्तमान अवस्थाबारे बोल्दै आफूले प्रमाणित गर्न अब केही बाँकी नरहेको बताएका छन् ।

रोनाल्डोले आफूले अहिलेसम्म जितेका सबै उपाधिहरुले आफूलाई खुसी दिएकाे पनि बताए । ‘म सँग केही गोप्य कुरा र आश्चर्यलाग्दो कुराहरु छैन’, रोनाल्डोले ग्लोब सकर अवार्ड कार्यक्रममा बोल्दै भने ।

‘जब तिमी च्याम्पियन हुन्छौँ, तिमी सँधै जित्छौँ, कडा मिहेनत र त्यागबिना कसैले पनि उपाधि जित्न सक्दैनन्’, रोनाल्डोले थपे ।

‘मलाई लाग्दैन कि मैले प्रमाणित गर्न केही बाँकी छ, म सँधै नयाँ कुरा सिक्न तथा आफैँलाई राम्रो बनाउन प्रयासरत छु । च्याम्पियन्स लिग जित्नुभन्दा ठूलो खुसी कतै भेटेको छैन’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूले फुटबलबाट सन्यास लिएपछि प्रशिक्षक बन्ने बारे योजना नबनाएको भन्दै आफू अंग्रेजीमा सुधार गर्न र सन्यासपछि फिल्म बनाउन चाहेको बताए ।

म फुटबलबाट सन्यास लिए पछिको नयाँ योजनाको बारेमा सोच्ने गर्दछु । फुटबलबाट सन्यास पछि म आफ्नो अंग्रजी भाषामा सुधार गरी फिल्म बनाउन चाहान्छु’ रोनाल्डोले भने ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया